चन्द्रागिरी हिल्स प्रालीले नयाँ वर्षका लागि विशेष अफर ल्याएर आएको छ ।
‘न्यु एयर्स इभ स्पेशल, गेट वे इनटू द नेचर’ नारा दिएर नयाँ वर्षलाई विशेष बनाउने भन्दै चन्द्रागिरी रिसोर्टले प्याकेज सार्वजनिक गरेको छ ।
एकल र जोडीमा प्याकेज सार्वजनिक गरेको रिसोर्टले २५ हजार शुल्क तोकेको छ । काठमाडाैं उपत्यकाको दृश्यसँगै पहिलो घामको झुल्को हेर्न विशेष हुने भन्दै यस्तो योजना सार्वजनिक गरेको चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेक विक्रम शाहले जनाए ।
न्युज-नेपालसँग कुराकानी गर्दै शाहले भने, हामीले आम नेपालीको नयाँ वर्ष साँच्चिकै नयाँ होस भन्ने चाहेका छाैं । यसैलाई मध्यनजर गरेर सस्तो शुल्कमा गुणस्तरिय र आकर्षक सेवा दिने प्रयासमा लागेका छाैं ।
शाहले थप्दै भने, प्याकेजमा चन्द्रागिरी केबुलकार चढ्नेदेखि अनलिमिटेड ड्रिन्क्सको व्यवस्था गरेका छाैं । ज्योभन भुजुसँग लाइभ म्युजिकसँगै रमाउन सकिनेछ । ५ बजे देखि १ बजेसम्म फुल इन्जोय गराउने छाैं । बिहानको ब्रेकफास्टदेखि सम्पूर्ण सुविधासहित प्याकेज ल्याइका छाैं । नयाँ वर्षलाई चन्द्रागिरी हिल्स् रिसोर्टले अझ नयाँ बनाउनेछ ।